जोडिनुहोस
  • होमपेज
  • श्रम संस्कृतिका सांसदद्वारा वेल घेराउ, नियममा रहन सभामुखको चेतावनी

श्रम संस्कृतिका सांसदद्वारा वेल घेराउ, नियममा रहन सभामुखको चेतावनी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत गराउनुभएको हो ।

आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आशनबाट उठेर विरोध जनाउनुभएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।

सो पार्टीका सांसद हर्कराज राईले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गर्नुभएको थियो । सांसद राईले मन्त्रीले जवाफ दिइसकेपछि पुनः स्पष्टीकरण सोध्न खोज्नुभएको थियो । सभामुख अर्यालले स्पष्टिकरणमाथि स्पष्टिकरण नहुने बताउनुभयो ।

सभामुख अर्यालले भन्नुभयो, “श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको आदेशको पालना गर्नुपर्ने सबै सांसदहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सांसदलाई सचेत गराउँछु ।”

सभामुखले पटकपटक आशन ग्रहण गर्न आग्रह गर्नुभए पनि सो दल सम्बद्ध सांसदहरूले बेलमा पुगेर विरोध गर्नुभएको छ । सभामुख अर्यालले विधि नियम र नियमावलीअनुसार नै संसदको कारवाही अगाडि बढेको भन्दै आशनमा बसेर सहयोग गर्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका