जोडिनुहोस
  • होमपेज
  • कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिश–सरकारका प्रवक्ता

कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिश–सरकारका प्रवक्ता

काठमाडौं । सरकारले यसपटक कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिश भएको जनाएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दाको फछर्यौट र कार्यक्षमता हेरेर प्रधानन्यायाधीश सिफारिस गर्ने अहिलेसम्मकै सवैभन्दा राम्रो प्रक्रिया भएको बताउनुभएको हो ।
उहाले न्याय क्षेत्र सुधारका लागि नीतिगत रुपमा नै सुधार गर्ने प्रयास भएको समेत उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश सिफारिस गर्दा राजनीतिक नियुक्ति जस्तो देखिने गरेकोमा कार्यक्षमताका हिसाबमा सिफारिश भएको सम्भवतः पहिलो पटक भएको उहाको भनाइ छ ।
त्यस्तै प्रवक्ता पोखरेलले संघमा अधिकतम १८ वटा मन्त्रालय बनाउने गरि मन्त्रालय गाभिने प्रक्रियाको काम छिटै सम्पन्न हुने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?