जोडिनुहोस
  • होमपेज
  • काठमाडौं किकर्सका खेलाडी तथा पदाधिकारी जर्मनी प्रस्थान

काठमाडौं किकर्सका खेलाडी तथा पदाधिकारी जर्मनी प्रस्थान

काठमाडौं । काठमाडौं किकर्सका खेलाडी तथा पदाधिकारीहरू “काठमाडौं किकर्स जर्मनी फुटबल टुर २०२६” अन्तर्गत आज जर्मनी प्रस्थान गरेका छन्।

प्रस्थानअघि बुधबार कपनस्थित कुपन स्पोर्ट्स सेन्टरमा आयोजित एक साधारण बिदाइ कार्यक्रममा खेलाडी, प्रशिक्षक, अभिभावक तथा क्लबका पदाधिकारीहरू सहभागी भएका थिए। कार्यक्रममा टोलीलाई सफल यात्राको शुभकामना दिइएको थियो।

एक सातासम्म सञ्चालन हुने यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय फुटबल अनुभव तथा सिकाइको अवसर प्रदान गर्ने क्लबले जनाएको छ। जर्मनी बसाइका क्रममा टोलीले विभिन्न फुटबल गतिविधिमा सहभागी हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। टोली आगामी मे २८ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।

धेरै खेलाडीका लागि यो पहिलो युरोप भ्रमण भएकाले जर्मन फुटबल संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पनि हुनेछ। प्रशिक्षण, खेल तथा अन्य गतिविधिमार्फत खेलाडीहरूले अनुशासन, व्यावसायिकता, पूर्वाधार र फुटबल विकासको वातावरणबारे अनुभव हासिल गर्नेछन्।

भ्रमण खेलकुदमा मात्र सीमित नभई टोलीभावना, आत्मविश्वास, सञ्चार सीप तथा व्यक्तिगत विकासमा समेत उपयोगी हुने विश्वास गरिएको छ।

टोलीसँग प्रशिक्षक कृष्ण तामाङ, सुरज थापा मगर र थम्मन भुसाल रहेका छन्। साथै केही अभिभावक पनि टोलीसँगै जर्मनी गएका छन्। प्रशिक्षक सुरज थापा मगर पहिलोपटक काठमाडौं किकर्ससँग जर्मनी भ्रमणमा सहभागी भएका हुन्। टोलीका फिजियोथेरापिस्ट डा. रबिन्द्र बस्नेत पनि भ्रमण टोलीमा रहेका छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका