जोडिनुहोस
  • होमपेज
  • गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन

काठमाडौं । सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आत्मदाह घटनाका बारेमा जानकारी गराउदै गृहमन्त्री सुधन गुरुङले उक्त घटनाको छानविनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिनुभयो । उहाले उक्त घटनाको छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
बोल्ने क्रममा निकै भावुक हुनुभएका गृहमन्त्री गुरुङले नेपालीको जीवनरक्षाका लागि सरकार गम्भीर भएर नै उपचारका लागि भारत लैजाने प्रयास गरेको उल्लेख गर्नुभयो । तर चिकित्सकको सल्लाह अनुसार भारत लैजाने अवस्था नदेखिएपछि बीर अस्पतालमा नै चिकित्सकहरुले उपचारको सक्दो प्रयास गरेको उहाले बताउनुभयो ।

आत्मदाह घटनाप्रति बिपक्षी सांसदहरुले गरेको टिप्पणी प्रति गृहमन्त्री गुरुङले आफूलाई स्टन्ट गर्ने इच्छा नभएको भन्दै देशको सेवा गर्न आफु पछि नहट्ने उल्लेख गर्नुभयो ।
उहाले उक्त घटना संघीय सरकारको कारण नभइ स्थानीय सरकारको नियम पालना गराउने क्रममा घटेको बताउनुभयो ।

घटनालाई लिएर वर्तमान सरकारलाइ आरोप लगाएको भन्दै उहाले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानीय तहमा कुन दलको सरकार छ ? भन्दै प्रश्न गर्नुभयो । त्यस्तै गृहमन्त्री गुरुङले देश बनाउनका लागि सत्तापक्ष र प्रतिपक्षी नभनी सवै एकै ठाउमा उभिनुपर्ने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका