जोडिनुहोस
  • होमपेज
  • एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स – नेपालका सबै खेल ‘डीगो’ मा प्रत्यक्ष प्रसारण हुने

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स – नेपालका सबै खेल ‘डीगो’ मा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपालका सबै खेलहरू नेपाली ओटीटी प्लेटफर्म डीगोमार्फत प्रत्यक्ष प्रसारण हुने भएका छन् । नोभेम्बर २९ सम्म सञ्चालन हुने ५० ओभरको यस प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली एसियाका उदीयमान क्रिकेट शक्तिहरूसँग प्रतिस्पर्धा गर्न मैदान उत्रँदैछ ।

प्रतियोगिताको कठिन मानिएको समूह ‘बी’ मा रहेको नेपालले भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग भिडन्त गर्नेछ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजी र वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने प्रतियोगिताको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल भोलि भारत ‘ए’ विरुद्ध खेल्नेछ । त्यसैगरी, नेपालले नोभेम्बर २२ मा यूएईसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स र डीगोमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । नेपाली क्रिकेट समर्थकहरूले डीगोको त्रैमासिक सदस्यता अन्तर्गतको ‘DGO Sports Package’ लिएर नेपालका सबै खेलहरूसहित सम्पूर्ण प्रतियोगिताको बिना अवरोध प्रत्यक्ष मज्जा लिन सक्नेछन् ।

खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकहरूले एन्ड्रोइड, आईओएस मोबाइल वा स्मार्ट टिभीमा डीगो एप डाउनलोड गर्नु पर्नेछ । साथै, वेबसाइट watchdgo.com मा लगइन गरी सब्स्क्रिप्सन लिएर दर्शकहरूले जहाँसुकैबाट प्रत्यक्ष क्रिकेटको अनुभव लिन सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका