जोडिनुहोस
  • होमपेज
  • कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निहारीकाको ‘राजमाता’ कृतिलाई प्रदान गरिने

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निहारीकाको ‘राजमाता’ कृतिलाई प्रदान गरिने

चितवन । कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निलम कार्की निहारीकाको राजमाता कृतिलाई प्रदान गर्ने भएको छ ।
बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै समाजले उक्त पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको लागि पहिलो चरणमा १६ वटा कृतिहरू छनौटमा परेको र दोश्रो चरणमा ८ तथा तेस्रो चरणमा ३ वटा कृति छनौटमा परेको थियो । तीन कृति मध्ये राजमाता कृतिलाई कवीडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८३ प्रदान गर्ने निर्णय भएको कवीडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले बताउनुभयो । २०७५ साल वाट शुरू भएको यो पुरस्कार आख्यान कृति तर्फको सर्बाधिक राशी २ लाख १ सय ६० रूपैयाको रहेको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
यो पुरस्कार कार्तिक १४ गते बितरण हुने उहाले बताउनु भयो । छनौटमा परेका सबै कृतिहरू बेजोड रहेको र छनौटमा परेका कृति मध्ये धेरै ब्यक्तिको राय सल्लाह अनुसार नै राजमाता छनौटमा पर्न सफल भएको क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुरस्कार मिना लामिछाने ट्रष्टले स्थापना गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका