जोडिनुहोस
  • होमपेज
  • नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघद्वारा ९१ लाख ८४ हजार राहत कोषमा सहयोग

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघद्वारा ९१ लाख ८४ हजार राहत कोषमा सहयोग

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसंगको छलफलका क्रममा मन्त्री लम्सालले सरकारले बीआरटी मोडल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभरका सिटी बस, लामो दूरीका बस र ट्याक्सीहरूको व्यवस्थापन गर्ने नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएको बताउनुभएको हो ।

उहाले सरकार अब डिजेल गाडीको पक्षमा नरहेको र सबै सार्वजनिक सवारीलाई पूर्ण रूपमा विद्युतीय बनाउने योजनाका साथ अघि बढेको धारणा राख्नुभयो । व्यवसायीहरूको पूर्ण सहमति र परामर्शबिना सरकारले यातायात ऐन जारी नगर्ने स्पष्ट पार्दै उहाले ऐनको मस्यौदा बनाउँदा व्यवसायीहरूसंग छलफल गरिने उल्लेख गनुृभयो ।
मन्त्री लम्सालले पहिलो चरणमा पोखरा, त्यसपछि काठमाडौँ र लुम्बिनीमा आन्तरिक सार्वजनिक यातायात व्यवस्थापनका लागि एडीबी र मन्त्रालयको समन्वयमा काम अघि बढेको जानकारी दिनुभयो । व्यवसायीहरूले अहिले डिजेल गाडी किन्ने र पछि विद्युतीय अनिवार्य गर्दा मर्का नपरोस् भनेर नै अहिले कालो नम्बर प्लेटको दर्ता÷व्यवस्थामा कडाइ गरिएको उहाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषका लागि ९१ लाख ८४ हजार ६ सय ९५ रुपैया सहयोग रकम मन्त्री लम्साललाई हस्तान्तरण गरेको थियो भने सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि मन्त्री लम्सालको ध्यानाकर्षण समेत गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका