जोडिनुहोस
  • होमपेज
  • संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद

संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद

काठमाडौं । बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई सदनमा उपस्थीतिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् ।
बिहीबार बसको प्रतिनिधिसभाको दोश्रो बैठकमा विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएपछि बिपक्षी दलका सांसदहरुले वेल घेराउ गरेका हुन् । उनीहरुले वेल घेराउ गर्दै निरङ्कुश सरकार मुर्दावाद, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद, संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगाएतका नारा लगाएका थिए । …..
बिपक्षीको विरोधका बाबजुत प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभा सदस्य निर्वाचन(पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली(पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ भने वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका