जोडिनुहोस
  • होमपेज
  • नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मंगलबार शितल निवासमा आयोजित विशेष समारोहकाबीच नवनियुक्त प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएसंगै मंगलबार नै राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल,
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतको उपस्थीति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका