जोडिनुहोस
  • होमपेज
  • मध्यरातमा चिच्याएर वर माग्ने सत्यवती मेला सम्पन्न

मध्यरातमा चिच्याएर वर माग्ने सत्यवती मेला सम्पन्न

पाल्पा । नेपालमै पृथक मानिने मध्यरातमा चिच्याएर वर माग्ने मेला पाल्पाको सत्यवती मेला सम्पन्न भएको छ ।
कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म चलेको मेलामा कानले नसुन्ने सत्यवती बज्यैसंग चिच्याएर वर माग्नका लागि देशका विभिन्न जिल्लासंगै भारतबाटसमेत बाक्लो रुपमा भक्तजनको उपस्थिती हुने गरेको छ । परापूर्व कालदेखि सुरु भएको यो स्थानको पूजा विधि र वर माग्ने प्रचलन नेपालमै अनौठो मानिने र यसरी वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो क्षेत्र धार्मिक पर्यटनका लागि राम्रो गन्तव्यका रुपमा विकास भएको छ ।
प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा सत्यवती वज्यैसंग चिच्याएर वर माग्न मेलामा संयौ भक्तजनको सहभागिता रहको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पाँच दिनसम्म चलेको मेला बुधबार सम्पन्न भएको समितिले जनाएको छ । परापूर्व कालदेखि नै मध्यरातमा निगालो, साललगायतटका लिंगो गाडी, ताल परिक्रमा गरेर बज्यैसंग चिच्याएर वर माग्ने प्रचलन हालसम्म रही आएको छ ।

बज्यैले कानले नसुन्ने हुँदा चिच्याएर वर मागेपछि मात्रै मनोकाक्षा पूरा हुने विश्वासका साथ टाढाटाढाबाट आउने श्रद्धालुहरु प्रत्येक वर्ष बढ्ने गरेका छन् । नेपालमै अनौठो मानिने यो मेलामा प्रत्येक भक्तजनले मध्यरातमा तालमा आफूले गाँडेको लिंगो चिनेर भोलिपल्ट उज्याले नहुदै पूजा गरेपछि वर मागेर फर्कने परम्परा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका