
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको चार हजार ८३० रुपैयाँ कायम भएको छ ।






































