
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह चयन हुनुभएको छ ।
पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गर्नुभएको झाले बताउनुभयो । बैठकले उक्त प्रस्तावलाई समेत पारित गरेको उहाले जानकारी दिनुभयो ।
संसदीय दलको नेता चयन भएसंगै शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रधानमन्त्रीका रुपमा शाहको सपथ शुक्रबार हुदैछ ।








































