
काठमाडौं । नेपाली बजारमा मंगलबार सूनको मूल्य बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६७ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ ।








































