
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी ओलीलगायत उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
आइतबार भक्तपुरको गुण्डु पुगेर ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीका साथै उहाँका पति दुर्गा सुवेदीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै समवेदना व्यक्त गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।





































