
चितवन । चितवनको पर्यटकीय क्षेत्रको घटगाई बेलशहर दुधौरा जिप सफारी शुरु भएको छ । उक्त जिप सफारीको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन डाक्टर गणेश पन्तले उदघाटन गर्नु भयो । उक्त स्थान वाट केही बर्ष अगाडी जिप सफारी शुरु भए पनि प्राबिधिक कारणले बन्द भएको थियो । चितवनको पर्यटकीय क्षेत्रका पर्यटकहरु लाई मध्य नजर गरेर जिप सफारी शुरु गरिएको पटिहानी उपभोक्त समितिका अध्यक्ष साजन महतोले बताउनु भयो । जिप सफारी सफल बनाउन पर्यटकीय क्षेत्रका होटल ब्यबशायीहरुको सहयोग आबश्यक रहेको बताउनु भयो ।
पहटिहानीको छितामाई वाट शुरु भएर बर्ल शहर सामुदायी बन हुदै सौराहाको दुधौरा सम्म करीब २ देखी ३ घण्टाको रहने छ । उक्त अबसरमा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन पन्तले जिप सफारी सचानल गर्दा निकुञ्जले बनाएको कार्यबिधि अनुसार सचालन गर्न अनुरोध गर्नु भयो । उहाले जिप सफारीको साथ साथै सरक्षणलाई प्रमुख प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
उक्त जिप सफारी गर्न जिपको प्रबेस शुल्क १ हजार र बिदेही पर्यटकलाई प्रति ब्यक्ति ५ सय र आन्तरीक पर्यटकलाई २ सय रुपैया टिकट लाग्ने बताइएको छ । उक्त जिप सफारीको क्रममा दुर्लभ एक सिगे गैडा अतिसकटापन्न अबस्थामा रहेको घडीयाल गोही बिभिन्न बन्यजन्तु र पानीमा आश्रीट्ट चराहरु अबलोकन गर्न सकिन्छ ।




































