जोडिनुहोस
  • होमपेज
  • चितवन–२ मा रवि लामिछानेलाई कांग्रेसकी मीना खरेलको चुनौती, यस्ता छन् एजेण्डा

चितवन–२ मा रवि लामिछानेलाई कांग्रेसकी मीना खरेलको चुनौती, यस्ता छन् एजेण्डा

चितवन । चितवन क्षेत्र नम्बर २ की नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलले स्थानीयको समस्या समाधानका लागि आफु निर्वाचनमा होमिएको बताउनुभएको छ ।
प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफुले गरिव असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय समस्या सवै राम्रोसंग बुझेकाले जनताले विश्वास गर्ने समेत बताउनुभयो ।

आफु निर्वाचित भए चितवन–२ का बिकास निर्माण देखि नीति नियम र ऐन कानूनले बाधा भएका बिषयहरुको उठाउने उहाले उहाले बताउनुभयो । उहाले संविधानले प्रत्याभूत गरेको अधिकार नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकको अधिकार स्थापीत गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाबाट रवि लामिछाने समेत चूनावी मैदानमा हुनुहुन्छ । त्यस्तै नेकपा एमालेले अस्मिन घिमिरे र नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा १७ राजनिति दल र ६ जना स्वातन्त्र गरी २३ जना उम्मेदवारहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका