जोडिनुहोस
  • होमपेज
  • निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न ढङ्गले कार्य गरिरहेका छौ–नेपाली सेना

निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न ढङ्गले कार्य गरिरहेका छौ–नेपाली सेना

काठमाडौं । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पारेको छ । सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सेनाले काम गरिरहेको जनाएको छ ।

‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,’ सेनाले भनेको छ ।
साथै, निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको सेनाले बताएको छ ।

‘सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ,’ सेनाले बिज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका