जोडिनुहोस
  • होमपेज
  • बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सवै तयारी पुरा

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सवै तयारी पुरा

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ ।
निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगाएतका कामहरु भएका छन् । बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपनि बुधबार नै आवश्यक सवै पूर्वाधारका काम सम्पन्न गरिएका हुन् ।
मतदानका लागि महिला र पुरुषको छुट्टाछुटै लाइनको व्यवस्था गरिएको छ भने असक्त, अपागंता, ज्येष्ठ नागरिक लगाएतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र कायम गरेको छ ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ ३४०५ र समानुपातिक तर्फ ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका