जोडिनुहोस
  • होमपेज
  • ‘म सरकारमा नहुँदा देश ड्राइभरबिनाको गाडीजस्तो भएको छ’–केपी ओली

‘म सरकारमा नहुँदा देश ड्राइभरबिनाको गाडीजस्तो भएको छ’–केपी ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई शान्तिपूर्ण बनाउदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार झापाको दमकमा आयोजित नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको भन्दै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्ने बताउनुभएको हो । उहाले आसन्न निर्वाचनमा बुथ कब्जा गर्ने कल्पना समेत नगर्न चेतावनी दिदै चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर रहने गरि काम गर्न नेशनल युथ भोलेन्टियर्स फोर्सलाई निर्देशन समेत दिनुभयो ।
ओलीले देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र रहेको दावी गर्नुभयो । देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने उहाले बताउनुभयो । ओलीले देशको बिकासलाई तीव्रताका साथ अघि बढाउदा आफुलाई सरकारबाट हटाइएको धारणा राख्नुभयो । आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो भएको भन्दै ओलीले देश कुद्नका लागि आफू सरकारमा आउनुपर्ने तर्क गर्नुभयो ।
उहाले केहि व्यक्तिहरुले आफुलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्दै हिडेको र प्रधानमन्त्री बन्ने भन्ने कुरा ख्याल–ख्याल जस्तो लागेको बताउनुभयो ।
आफुहरु भिजनका साथ समृद्ध नेपाल र सुखी नेपालीको स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका