जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको हो।

अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सोही परिमाणको चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका