
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ पुगेको छ ।





































