
भक्तपुर । भक्तपुरको पुरानो मध्येको एक सरस्वती विद्यागृह माध्यमिक विद्यालयले हीरक जन्मोत्सव मनाएको छ ।
शुक्रबार भक्तपुर कमलबिनायकस्थीत विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा हीरक जन्मोत्सव मनाएको हो ।
हीरक जन्मोत्सव कार्यक्रमका बिद्यालयको स्मारिका बिमोचन गरिएको थियो भने उत्कृष्ठ विद्यार्थी तथा कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक गनुराज राईले हाल विद्यालयमा ५ सय ११ जना अध्ययनरत रहेको र २७ जना शिक्षक कर्मचारी कार्यरत रहेको बताउनुभयो ।
विद्यालयलाई सहज रुपमा अघि बढाउन आर्थिक सहयोग गरेको र शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालय व्यवस्थापन समितिले आवश्यक भौतिक तथा आर्थिक व्यवस्थापनमा सक्रियपूर्वक भूमिका खेलिरहेको उहाले जानकारी दिनुभयो ।
२००८ सालमा स्थापित यो विद्यालय २०४० को दशकमा भक्तपुरकै उत्कृष्ट विद्यालयमध्ये एक रहेपनि त्यसपछिका बर्षमा भने विद्यार्थी संख्या घट्दै गएको थियो । तर शैक्षिक गुणस्तरको बृद्धिसंगै विद्यार्थीहरुको संख्या पनि पछिल्ला केहि बर्षमा बढ्दै गएको विद्यालयले जनाएको छ ।






































