जोडिनुहोस
  • होमपेज
  • अतिक्रमित वस्ती हटाउने कार्य तीव्रताका साथ जारी

अतिक्रमित वस्ती हटाउने कार्य तीव्रताका साथ जारी

काठमाडौं । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ ।
शनिबार बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगाएतका क्षेत्रमा रहेका अतिक्रमित वस्ती हटाइएको थियो भने स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौं प्रशासनले जनाएको छ । हालसम्म काठमाडाँै उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ ।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने वास्तविक भूमिहिन र सुकुम्वासीको पहिचानका लागि रेकर्ड राख्ने काम समेत भइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका