
काठमाडौँ I गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७ गतेसम्म देशका विभिन्न भागमा चार हजार ५३ विपद्जन्य घटना हुँदा एक सय ९६ जनाको मृत्यु , एक हजार दुई सय १८ जना घाइते र ४ बेपत्ता भएका छन् ।





































