जोडिनुहोस
  • होमपेज
  • रास्वपाद्वारा समानुपातिक सांसदको नाम टुङ्गो, सपथपछि मात्रै मन्त्री चयनका बिषयमा छलफल हुने

रास्वपाद्वारा समानुपातिक सांसदको नाम टुङ्गो, सपथपछि मात्रै मन्त्री चयनका बिषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिधिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको नाम टुङ्गो लगाएको छ ।
आइतबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले पार्टीले प्राप्त गरेका मतका आधारमा चयन गर्न सकिने ५७ जना समानुपातीक सांसदको नाम टुङ्गो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उहाले खसआर्यतर्फ १७ जना, जनजातितर्फ १६ जना, दलित ८ जना, मुस्लीम ३ जना, मधेशी समूदायबाट ९ जना, थारुबाट ४ जनाको नाम टुंगो लगाइएको बताउनुभयो ।
पार्टीले चयन गरेका व्यक्तिहरुको नाम निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरेपछि मात्रै नामावली सार्वजनिक गरिने उहाले बताउनुभयो । प्रवक्ता झाले संसदीय दलको नेताका बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै औपचारिक रुपमा केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय हुने धारणा राख्नुभयो ।
उहाले संसदीय दलको नेता चयनका बिषयमा रास्वपाले यसअघि गरेका प्रतिबद्धता नबिर्सिएको भन्दै तलमाथि हुने आशंका नगर्न आग्रह समेत गर्नुभयो । बैठकले निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उम्मेदवारदेखि अभियान्तासम्म र सवै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता झाले बताउनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अव बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको छ ।
आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताउनुभएको हो । उहाले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका बिषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।
प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने धारणा राख्नुभयो ।
उहाले जनताले दिएको मतलाई सम्बोधन हुने गरि रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका