
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा विशेष चर्चामा रहेको काठमाडौं क्षेत्र नंवर १ मा प्रमुख दलका उम्मेदवाहरु आ–आफ्नो चूनावी एजेण्डका साथ मत माग्न व्यस्त देखिएका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको प्रभाव रहदै आएको यस क्षेत्रमा चारपटक सांसद निर्वाचित भइसक्नुभएका नेता प्रकाशमान सिंह यसपटक चूनावी प्रतिष्पर्धाबाट बाहिर हुनुहुन्छ ।
काठमाडौं क्षेत्र नंवर १ मा कांग्रेसले प्रबल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेबाट मोहन राज रेग्मी, नेकपाबाट मेनुका भण्डारी, रास्वपाबाट रञ्जु दर्शना, राप्रपाबाट रविन्द्र मिश्र लगाएत चूनावी प्रतिपर्धामा हुनुहुन्छ । प्रतिपष्र्धीहरुले जनताका मुद्धाहरुलाई संसदमा लगेर उजार गर्ने प्रतिद्धवता जनाएका छन् ।
चूनावी प्रचार–प्रचारका क्रममा काठमाडौं क्षेत्र नंवर १ का कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीले कांग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो । काठमाडौं क्षेत्र नंवर १ का साथै समग्र देशको समस्या समाधानका लागि आफुले संसदबाट आवश्यक भूमिका निर्वाह गर्ने उहाको भनाई छ ।
त्यस्तै नेकपा उम्मेदवार मेनुका भण्डारीले जनताका मुद्दाका साथै सडकका आवाजहरुलाई सदनमार्फत खवरदारी गर्ने र नागरिकका समस्याहरु समाधानको कोशिस गर्ने बताउनुभयो । पाकिङ, सुकम्वासी लगाएतका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने उहाको भनाइ छ ।
त्यस्तै एमाले उम्मेदवार मोहन राज रेग्मीले जनताहरुको उत्साहपूर्ण साथ प्राप्त भएको र यस पटक जनताले विश्वास गर्ने दावी गर्नुभयो । उहाले जनताको समस्या बुझ्ने काम भएको र आफ्नो एजेण्डा बुझाउने काम भएको उल्लेख गर्नुभयो ।
त्यस्तै रास्वपा उम्मेदवार रञ्जु दर्शनाले युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि आफुहरु क्रियाशिल भएको र फोहर भएको राजनीतिलाई सफा गर्न आफु चूनावी मैदानमा होमिएको बताउनुभयो । जेनजी आन्दोलनमा भएको दमन कदापी उचित नभएको भन्दै उहाले अव यस्ता घटना दोहरिन नदिने उल्लेख गर्नुभयो ।
त्यस्तै राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले पनि जनताका साना भन्दा साना समस्या समेत स्वयं आफु उपस्थीत भए समाधानको प्रयास गर्ने बताउनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये राजनीतिक दलबाट तीन महिलासहित १६ र एक महिलासहित १३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । ४८ हजार ४८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।







































