जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश सचिव विक्रम मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

भारतीय विदेश सचिव विक्रम मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल(भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण
सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबीच छलफल भएको थियो।

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गर्नुभयो ।

दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका