
काठमाडौ । देवीनगर क्लवले आयोजना गरेको आन्तरिक व्याडमिन्टन प्रतियोगीता अन्तर्गत ’ए’ लेभल (सिनियर) को उपाधि शङ्कर खड्का र दिपक बोहराको जोडीले जितेका छन् ।
काठमाडौंमा शनिबार भएको फाइनलमा कुशल केसी र सक्षम ढकालको जोडीलाई २१–१६ र २१–१५ को सोझो सेटमा पराजित गर्दैै खड्का र बोहराको जोडीले प्रथम स्थान हासिल गरेको हो ।
त्यस्तै बी’ लेभल (नर्मल) तर्फको खेलमा प्रवल श्रेष्ठ र गौरव तण्डुकारको जोडी प्रथम भयो । राजन अधिकारी र ओम दुलालको जोडीलाई २१–९ र दोस्रो म्याचमा ११–६ मा रिटायर्ड भई श्रेष्ठ र तण्डुकारको जोडी बिजयी भएको हो ।
त्यसैगरि अण्डर १५ सिंगल इभेण्टमा सुवाङ्ग आचार्य प्रथम, प्रभाव केसी दोस्रो र दिब्यानी आचार्य तेस्रो भएका छन् । बिजयी खेलाडीहरुलाई बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पुरस्कार र प्रमाण–पत्र वितरण गर्नुभएको थियो । असोज १६ बाट सुरु भएको आन्तरिक प्रतियोगितामा ’ए’ लेभल (सिनियर) मा ३२ जना र ’बी’ लेभल (नर्मल) मा ६४ जना खेलाडीहरू सहभागी थिए ।
क्लवले दशैतिहारका अवसरमा हरेक बर्ष आन्तरिक व्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ । सन २०१५ मा स्थापना भएको क्लवले व्याडमिन्टन खेलको बिकास र प्रवद्र्धनका साथ साामाजिक कार्यमा समेत योगदान दिदै आएको छ ।







































