
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेपछि सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
बन्दसत्रमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ ः ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी ३ बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, ३ ः ४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।
महामन्त्री बुर्लाकोटीले अपरान्ह ४ ः ४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले दिउँसो ५ः १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले ६ ः ३५ बजे अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिनुभयो । त्यसपश्चात निर्वाचन आयोगका कामकारबाही अगाडि बढाउने छ।


































