
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले भाद्र २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गर्नुभएको छ । रोल…..
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले निर्वाचनको परिणाममा बिभिन्न पात्रको भूमिकाको संलग्नताको आरोप लगाउदै भाद्र २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गर्नुभएको हो ।
उहाले जादूमय विजयका निर्णायक भूमिकामा नेपाली सेना, व्यरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउण्डेशन रहेको रहेको तर्क समेत गर्नुभयो । उहाले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाएको समेत उल्लेख गर्नुभयो ।
थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग समेत गर्नुभयो ।
माग गर्नुभएको छ ।
उहाले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउदै तत्काल रिहा गर्न समेत माग गर्नुभयो ।









































