
काठमाडौं । देवीनगर क्लवको आयोजनामा आन्तरिक व्याडमिन्टन प्रतियोगीता २०८३ शनिबारबाट सुरु भएको छ ।
काठमाडौंको बानेश्वर–१० सुरु प्रतियोगीतामा ’ए’ लेभल (सिनियर) मा ३२ जना र ’बी’ लेभल (नर्मल) मा ६४ जना खेलाडीहरू सहभागी छन् । प्रतियोगिता असोज २४ गते शनिबार समापन हुने देवीनगर क्लवका अध्यक्ष सुरज कुमार घुन्डेले जानकारी दिनुभयो । यस वर्षदेखि १५ वर्षमुनिका बालबालिकाहरूका लागि पनि नयाँ इभेन्ट थप गरी समावेश गरिएको उहाले बताउनुभयो । यसअघि दुई वटा राष्ट्रिय स्तरका टुर्नामेन्ट आयोजना गरिएका भए पनि क्लबमै धेरै खेलाडी भएकाले आन्तरिक प्रतियोगितालाई प्राथमिकता दिइएको अध्यक्ष घुन्डेले बताउनुभयो ।
क्लवले दशैतिहारका अवसरमा हरेक बर्ष आन्तरिक व्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ । सन २०१५ मा स्थापना भएको क्लवले व्याडमिन्टन खेलको बिकास र प्रवद्र्धनका साथ साामाजिक कार्यमा समेत योगदान दिदै आएको छ ।








































