जोडिनुहोस
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ

कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ

ललितपुर । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगन कुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ गराउनुभएको हो । नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ । सपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्य प्रमाणपत्र वितरण गरिएको छ ।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो । महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो । त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका