जोडिनुहोस

खेलकुद

कुस्ती टोलीको बिदाइ

कुस्ती टोलीको बिदाइ

काठमाडौं । नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जितेका थिए ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् । खेलाडीसहितको ३ सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जाने छन् ।
अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड वल्र्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका