जोडिनुहोस
  • होमपेज
  • सरोकार टेलिभिजनकर्मी तामाङ सम्मानीत

सरोकार टेलिभिजनकर्मी तामाङ सम्मानीत

काठमाडौं । एसोसियसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल(अपेन)ले सरोकार टेलिभिजनका पत्रकार विध्या तामाङलाई सम्मान गरेको छ । तेस्रो महाधिवेशनको उद्घाटनका क्रममा अपेनले सरोकार टेलिभिजनकर्मी तामाङलाई सम्मान गरेको हो । बालबालिकाको प्रारम्भिक बिकास तथा पूर्व प्राथमिक शिक्षासंग सम्बन्धी विविध मुद्दा समस्या, आवश्यकता र सम्भावनालाई निरन्तर रुपमा कलम चलाउदै शिक्षा क्षेत्रमा गरेको योगदानस्वरुप सम्मान गरिएको अपेनले जनाएको छ ।
यसैबीच तेस्रो महाधिवेशनमा सरोकारवालाहरुले निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा ३ प्रतिशत शैक्षिक कर लगाउने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।
एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले हेरेक ४ महिनामा विवरण अद्यावधिक गर्नुपर्ने र नबुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नीतिगत व्यवस्थाले निजी शिक्षा क्षेत्रलाई निकै अप्ठ्यारो अवस्थामा पु¥याएको बताउनुभयो । हिसानका महासचिव रामहरि सिलवालले निजी क्षेत्रमाथि ३ प्रतिशत कर थोपरिनुले निजी शैक्षिक संस्थाको घाँटी निमोठ्ने काम भएको धारणा राख्नुभयो ।
अपेनका अध्यक्ष बद्रीप्रसाद दाहालले वर्तमान सरकार निजी शैक्षिक क्षेत्रप्रति अनुदार देखिएको गुनासो गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका