जोडिनुहोस
  • होमपेज
  • ओली र लेखकलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतको अनुमति

ओली र लेखकलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
आइतबार काठमाडौं अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ ।
म्याद थपका लागि प्रहरीले लेखकलाई सरकारी वकीलको कार्यालय हुँदै काठमाडौं अदालतमा पेश गरेको थियो भने पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालबाट अदालतमा हाजिर गराइएको थियो ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउ पछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ भने लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका