जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।
संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका