
भारतको ओडिसामा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ । अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना भएका थिए । जसलाई बचाउने क्रममा अस्पतालका करिब ११ जना कर्मचारी समेत जलेर घाइते भएका छन्।



































