जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक–त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग

प्रतिनिधिसभा बैठक–त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद दुलालले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो । ट्राफिक प्रहरीसंगको विवादमा चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता नदेखाएको, विवेक गुमाएको र युवकलाई मृत्युको मुखमा पुग्नबाट जोगाउन नसकेको उहाले बताउनुभयो । उहाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाल सरकार कसको हो तथा प्रहरी कसको निर्देशनमा चलेको छ भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।
यो घटना केवल एक चालकको आवेग मात्र नभई राज्यको प्रणालीप्रति नागरिकको चरम निराशा, बेरोजगारी र अस्थिर रोजगारीमा रहेका लाखौँ युवाको पीडाको अभिव्यक्ति भएको उहाले बताउनुभयो ।

सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने हालको झन्झटिलो व्यवस्था सच्याउनुपर्ने बताउनुभयो । ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, अनुशासित हुनुपर्ने उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?