जोडिनुहोस
  • होमपेज
  • टनेलभित्रको उद्धार अध्ययन, तालिम र सिकाइभन्दा निकै भिन्न – खोज तथा उद्दारकर्ता अरुण सैंजुु

टनेलभित्रको उद्धार अध्ययन, तालिम र सिकाइभन्दा निकै भिन्न – खोज तथा उद्दारकर्ता अरुण सैंजुु

काठमाडौं । भोटेकोशी बाढीपछि उद्धारको लागि निरन्तर लाग्नुभएका खोज तथा उद्दारकर्ता अरुण सैंजुुले टनेलभित्रको उद्धार अध्ययन, तालिम र सिकाइभन्दा भिन्न रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिव १२ हजार नागरिकको उद्धार गरिएको जानकारी दिएको छ । यस उद्धारको तथ्याङ्कमा राज्यका तीनै तहको सुरक्षा संयन्त्रसंगै सैंजुुको टोलीको पनि सहकार्य रहेको थियो ।

आठौं दिन सम्म आइपुुग्दा हजारौंको सशुकल उद्धार गरेको, मृतकहरुको शब ब्यवस्थापन देखि टनेल भित्र फसेका नागरिकहरुको उद्धारमा समेत नेपाली सेनासंगै लागिरहेका सैंजुले आफूले अहिलेसम्म गर्दै आएको उद्धारकार्य भन्दा यो पटकको उद्धारकार्य अध्ययन, सिकाइ भोगाइ भन्दा फरक भएको वताउनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा गर्नुुभएको सम्वोधनमा सत्यता रहेको भन्दै यस पटकको विपत्तिमा बाढी वा पहिरोको समस्या भन्दा मलुुवाको भेलका कारण टनेल एक्सपर्टहरु पनि अन्यौलमै परेको र यो पहिलो अनुुभव भएको वताउनुभयो । उद्धारको क्रममा नेपाली सेनासंगै विदेशी उद्धारटोली दोस्रो दिन देखि नै संगै रहेर सहायता गरिरहेको पनि उहाँले वताउनुभयो ।

अहिले पनि खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालित छन् । त्यससंगै विपद् उद्धार टोलीका विपद्कर्ता एवं स्वय्मसेवहरु समेत स्वस्फुर्त रुपमा सहकार्य गर्दै आएका छन् ।

 

 

WhatsApp Image 2026 09 03 at 6.19.28 PM

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका