जोडिनुहोस
  • होमपेज
  • रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् ।

उनले शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् ।

यो हारसँगै मर्डोचको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

रवीन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन् । ताजिमाले भारतका चुंगरेन कोरेनलाई युनानिमस डिसिजनका आधारमा पराजित गरेका हुन् ।

फाइनल खेल जितेमा रवीन्द्रले यूएफसीको कन्ट्रयाक पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?