जोडिनुहोस
  • होमपेज
  • कटारीबाट १४ वर्षीया किशोरी शाहिवा खातुन सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

कटारीबाट १४ वर्षीया किशोरी शाहिवा खातुन सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ बाट १४ वर्षीया किशोरी शाहिवा खातुन सम्पर्कविहीन भएकी छन्। गत शनिबार घरमा सामान्य विवाद भएपछि उनी “काठमाडौं जान्छु“ भनेर घरबाट निस्किएकी थिइन्।

त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र हालसम्म कुनै पत्तो लाग्न नसकेको आफन्तजनले जनाएका छन्। सम्भावित सबै ठाउँहरूमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारजनले खोजी कार्यका लागि सबैमा सहयोगको अपिल गरेका छन्।

उक्त किशोरीलाई कतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८२७७१०९६७ मा खबर गरिदिन हार्दिक अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका