
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । मोहनप्रसाद ओलीको उपचारका क्रममा शुक्रबार बिहान चार बजे निधन भएको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
यसैबीच नेकपा संयोजक प्रचण्ड अस्पताल पुगेर मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै एमालेका नेता, कार्यकर्ता , अन्य दलका नेता, शुभेच्छुक लगाएतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।




































