जोडिनुहोस
  • होमपेज
  • उपल्लो डोल्पामा घोडाबाटै सेनाको सुरक्षा गस्ती

उपल्लो डोल्पामा घोडाबाटै सेनाको सुरक्षा गस्ती

 डाेल्पा । हिमाली जिल्ला डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पामा नेपाली सेनाले घाेडा प्रयाेग गरेर सुरुक्षा गस्ती सुरु गरेकाे छ ।
मंसिर यता परेकाे हिँउ बाग्लाे जमेर पैदल हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न समस्या भएपछि स्थानीयकाे सहयोगमा घाेडा प्रयाेग गरेरै भएपनि विकट गाउँबस्तीकाे गस्ती सुरु गरेकाे हाे ।
अहिले उपल्लो डाेल्पामा पर्ने धाे,कागकाेट र सुम्दुवामा सेनाले आफ्नाे वेश खडा गरेर निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको छ ।

उपल्लो डाेल्पामा पर्ने डाेल्पाेबुद्व,छार्काताङ्साेङ् र शे-फोक्सुण्डो गाउँपालिकामा आसन्न २१ फागुनमा ताेकिएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनलाइ शान्तिपूर्ण,भएरहित एवम् निष्पक्ष रुपमा सम्पन्न गर्न सेनाले घाेडा प्रयाेग गरेर गस्ती सुरु गरेकाे संग्राम शार्दुल गुल्म सुलिगार्डका गुल्मपति(सेनानी) हरिश शाहीले जानकारी दिए ।
जिल्लाका आठवटै पालिकामा सैनिक वेश खडा गरेर सेनाले पट्राेलिङ गरिरहेकाे पनि सेनानी शाहीले बताए । जिल्लाका आठ ठाउँमा सेनाकाे निर्वाचन लक्षित सुरक्षा वेश क्याम्प खडा गरिएको छ ।
डाेल्पामा ६८ मतदान केन्द्र स्थायी र २ अस्थायी मतदान केन्द्र ताेकिएकाे छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका