
कास्की । आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।
शनिबार पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले १२ बर्षपछि उपाधि जितेको हो । सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक–एक गोल गरे । २५औं मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।
सहाराले पछिल्लोपटक विसं २०७० सालमा उपाधि जितेको थियो । उपाधिसंगै विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए ।







































