जोडिनुहोस
  • होमपेज
  • रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन

रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन

काठमाडौं । सरकारले रौतहटमा आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
सिहदरबारमा शनिबार साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचित समन्वय कयम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकले रौतहटको घटनामा सबै पक्षलाई सद्भाव कायम गर्न आह्वान समेत गरिएको र आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको उहाले बताउनुभयो । रौतहटका घटनामा गैरकानूनी कार्य गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि रौतहट जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको उहाको भनाइ छ ।
त्यस्तै निर्वाचन प्रचार प्रसारमा गैरकानूनी कार्य गर्नेलाई कडाईका साथ कानूनी दायरामा ल्याउने र सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
बैठकले तराई क्षेत्रको सुरक्षा अवस्थाको विश्लेषण गरि प्रतिवेदन पेश गर्न प्रहरीका अतिरिक्त महानिरिक्षक उमा प्रसाद चर्तुबेदीलाई खटाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?