जोडिनुहोस
  • होमपेज
  • प्रलोपाको घोषणापत्र सार्वजनिक

प्रलोपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै सन्तोष परियार, सुदन किँरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए।
उनीहरूका अनुसार गत भदौ २३(२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा चुनावी अन्तरिम सरकार गठन भई संसद् विघटन भएको र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको जानकारी दिइयो।
उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ। पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का प्रत्यक्ष उम्मेदवार जन्मदेव जैसीका अनुसार संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेनजी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि उक्त निर्वाचन कोसेढुंगा सावित हुने छ।
पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका