जोडिनुहोस
  • होमपेज
  • राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, आचारसंहिता उलंघन गरे उम्मेदवारी खारेज हुने

राजनीति

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, आचारसंहिता उलंघन गरे उम्मेदवारी खारेज हुने

प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, आचारसंहिता उलंघन गरे उम्मेदवारी खारेज हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ ।
आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका बिषयलाई समेटेर आयोगले राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिनुभएको हो ।

उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने आयोगले जनाएको छ । त्यस्तै आयोगले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने, टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अङ्कित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने जनाएको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिताको पूर्ण परिपालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने र आचारसंहिता उलङ्घन भएको पाइएमा सचेत गराइने देखि दण्ड जरिवाना साथै उम्मेदवारी खारेजी सम्मको सजायको व्यवस्था रहेको बताउनुभयो ।

उहाले निर्वाचन आचारसंहिता राजनीतिक दल एवं सरकारवाला पक्षहरूसँग विचार विमर्श गरेर तयार भएकाले दल र उम्मेदवारहरुले पालना गर्ने आयोगको विश्वास रहेको धारणा राख्नुभयो ।
आचारसंहिता उल्लङ्घन गरे ६ वर्षसम्म पुनः पछि कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था समेत रहेको उहाले बताउनुभयो । त्यस्तै भण्डारीले मतदाता शिक्षाका लागि आयोगले बजेट बिनियोजन गरिसकेकाले सहि ठाँउमा खर्च भयो वा भएन भन्ने लगाएतका बिषयमा पनि आयोगले नजिकबाट अनुगमन गरिरहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका