जोडिनुहोस
  • होमपेज
  • ‘लोकप्रिय नारालाई होइन, भिजन हेर्नुहोस’–गगन थापा

‘लोकप्रिय नारालाई होइन, भिजन हेर्नुहोस’–गगन थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच बर्ष देश बनाउने स्पष्ट भिजनका पार्टी अघि बढेको बताउनुभएको छ ।
शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सवैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच बर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताउनुभएको हो । उहाले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सवैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
नयाँका नारामा बहकिदा यसअघि देशका महत्वपूर्ण समय खेर गएको भन्दै सभापति थापाले पुराना र नयाँको नारामा नभइ स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न आग्रह समेत गर्नुभयो ।
उहाले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्दतीमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरि मतदातालाई सम्झाउन उहाले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका