जोडिनुहोस
  • होमपेज
  • विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखियो–प्रचण्ड

विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखियो–प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताउनुभएको छ ।

सोमबार नेकपा काठमाडौं–५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभएको हो ।

विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उहाको भनाइ छ । यस्ता प्रवृतिको प्रतिबाद गर्नको लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताउनुभयो । उहाले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने लगाएत नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकचोटि आशा र भरोसा बढ्दै गएको दावी गर्नुभयो ।

उहाले अहिलेको जमाना सोसियल मिडिया, आइटीको भएपनि घर–घरमा गएर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जस्तो प्रभावकारी अरू नहुने धारणा राख्नुभयो । अहिले नयाँ विचार, सबभन्दा नयाँ राजनीति एजेन्डा भएको पार्टी नेकपा मात्रै भएको उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका