
काठमाडौं । सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ ।
अभाव हुने हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७।१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो ।
बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

































